काठमाडौं: नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले सरकारले सबै नागरिकलाई कोरोनाविरुद्धको खोप उपलब्ध गराउन सम्पूर्ण शक्ति परिचालन गरेको बताउनुभएको छ ।
काठमाडौं त्रिपुरेश्वर स्थित नवरत्न आयुर्वेद हेल्थकेयर एण्ड रिसर्च सेन्टरको शनिबार उद्घाटन गर्दै उहाँले कोरोना महामारी नियन्त्रणका लागि सरकारले सबैभन्दा बढी प्राथमिकता खोपलाई दिएको बताउनुभयो ।
अहिले खोपको व्यवस्थापनमा सरकारले सम्पूर्ण शक्ति लगाएको भन्दै उहाँले जहाँबाट ल्याएर भएपनि नेपाली जनतालाई खोपको व्यवस्था गर्न सरकार प्रतिवद्ध रहेको बताउनुभयो ।
विज्ञहरूले तेस्रो लहर आउनसक्ने तर्फ सचेत गराइरहेको बताउँदै उहाँले त्यसबाट जोगिन सरकारले सम्पूर्ण शक्ति लगाइरहेको उल्लेख गर्नुभयो ।