कोभिड महामारीमा मैले जे देखे

    • डा. रजनी शाह केसी

  • १४ श्रावण २०७८, बिहीबार

कोरोनाको कहरमा स्वास्थ्य र स्वास्थ्यकर्मीको काम एकदमै स्रहानिय रह्रयो । सबै तिरबाट स्याबासी मिल्यो । सम्मान र उनीहरु प्रति सामाजिक संजालमा त भगवानसँग तुलना गर्नेको प्रतिस्पर्धा नै चल्यो । स्वास्थ्यकर्मीमाथि केही दुव्र्यवहारका घटना नि घटे ।  स्वास्थ्यकर्मीलाई पिट्ने, घर निकाला गर्ने, नजिक आउन नदिने, गालीगलौज गर्ने, धमक्याउने जस्ता कार्य भए । तर त्यस्ता घटनाको आमनागरिकले भने विरोध नै गरे । र, उनीहरु स्वास्थ्यकर्मीकै साथमा उभिए । कोरोना भाइरस महामारीका कारण देशका हरेक वर्गले स्वास्थ्य र स्वास्थ्यकर्मीको आबश्यकता बारे राम्रोसँग बुझ्ने मौका पाए । 

स्वास्थ्यकर्मीबीच पनि आआफ्नो भूमिका अपरिहार्य छ भनेर बुझाउन सबै सक्रिय भएको देखियो । बाहिरबाट हेर्दा सबै स्वास्थ्यकर्मी देखिए पनि स्वास्थ्य क्षेत्रमा काम गर्ने स्वास्थ्यकर्मीहरुको अध्ययन र अनुभवका आधारमा विभिन्न जिम्मेवारीहरु दिइएको छ । सदाबहार औषधि उपचारमा प्रमुख भूमिकामा रहने डाक्टरहरु, बिरामीको हेरविचार र औषधि दिनेखुवाउनेमा नर्सहरु, डाक्टरको उपस्थितिमा सहयोगी भूमिकामा रहने र अनुपस्थितिमा प्रमुखको भूमिकामा रहने हेल्थ इन्स्पेक्सन समुहका स्वास्थ्यकर्मीहरुको उल्लेख्य मात्रामा खटिए । अन्य समयमा आम्दानीको स्रोतका रुपमा मात्र हेरिने प्रयोगशालाकर्मीहरुको भने यस पटक कामको मुल्याङ्कन निकै भएको देखियो । 

अति आवश्यक औषधिको दिने फार्मेसी क्षेत्रका स्वास्थ्यकर्मीको भने यस महामारीमा अन्य स्वास्थ्यकर्मी जस्तै मुल्याङ्कन भएको देखिएन् । यस्तै रेडियोलोजी, बायोमेडिकल तथा सरसफाईकर्मीहरुको भूमिका पर्दा भित्रको जस्तो देखियो । मूल्याङ्कन आफैमा गाह्रो काम हो । स्वास्थ्यकर्मीको भूमिका, जिम्मेवारी, उसलाई दिइने सम्मान र उसले पाउँने सेवा सुविधाबाट हेर्नेहो भने पनि स्वास्थ्यकर्मीको मूल्याङ्कन माथि उल्लेख भए जस्तै देखिन्छ । 

हुन त स्वास्थ्यकर्मीको प्रोत्साहनका लागि सरकारले महामारीमा प्रतक्ष खटिएका कर्मचारीलाई तलबको ५० देखि १०० प्रतिशत सम्म व्यवस्था गरेको थियो । केही पालिकाहरुले तलबको ७५ प्रतिशतसम्म थप प्रदान गरेका छन् । कसैले स्वास्थ्यकर्मीको काम जोखिमपूर्ण देखे भने कसैले दैनिक गर्नुपर्ने जिम्मेवारी देखे । यसमा बेग्लाबेग्लै धारणाहरु रहेका छन् । कोरोना जाँच गर्ने र पोजेटिभ भई आएकालाई सेवा दिनेले सुविधा पाएका छन् भने, समुदायमा कोरोना फैलिइ सकेको अवस्थामा स्वास्थ्य संस्थामानै बसेर सवैलाई ओपिडि र खोप सेवा दिनेहरुलाई सुविधा प्राप्त नभएकोले केहि स्वास्थ्यकर्मी असन्तुष्ट रहेका छन् । 

महामारीमा स्वास्थ्यकर्मीलाई उच्च ओहोदामा राखिएपनि स्वास्थ्य संस्था र स्वास्थ्यकर्मीमा पनि कमि कमजोरी नभएको चाँही होइन । महामारीकाबीच केहि स्वास्थ्य संस्थाहरुले अब विरामी भर्ना गर्न नसक्ने तथा विभिन्न साधनको कमि भएको भनि विज्ञप्ति तथा भनाइहरु बाहिर ल्याउनु गलत नै हो । यसको बिरामीमा र समाजमा कति असर पर्छ भन्ने विचार गरिनु पर्छ । यस्ता समस्या आउँदा सवै अस्पतालह सँगको समन्वय आवश्यक रहन्छ । 

यस महामारीमा हाम्रा सबै स्वास्थ्यकर्मीमा आवश्यक दक्षता र क्षमता थिएन । अस्पताल र आइसोलेसनमा प्रयाप्त स्वास्थ्यकर्मीको व्यवस्था पनि थिएन् । जसले गुणस्तरीय सेवा प्रदान गर्न सकिएन त्यस कारणले पनि केहि बिरामीलाई बचाउन सकिएन । पुर्व तयारीको कमी निकै महसुश भयो । स्वास्थ्य संस्था र अस्पतालहरुमा औषधी र अक्सिजनका कमी भएर विरामीको भयाभह अवस्था आउने स्थितिमा मात्र त्यसको जोहो गर्ने तात्पर्यता देखाईयो । 

जसले गर्दा समयमै आपूर्ति नहुँदा केहि बिरामीहरुले ज्यान गुमाउनु प¥यो ।  जनस्तर बाटनै अक्सिजनको व्यवस्था गर्न लागि पर्दा पा्रथमिकिकरण भएन त्यसले पनि केहि दिन समस्या सिर्जना ग¥यो ।  केहि स्वास्थ्यकर्मीले आफ्नोमा हुने जाँच मात्र गराएर सोहि बमोजिम औषधि उपचार गर्दा बिरामीको स्वास्थ्य अवस्था नाजुक भैसके पछि मात्र कोरोना पोजेटिभ भई असहज भएको थियो । उपचारमा रहेका बिरामीहरुमा पनि आफ्नो छेउका विरामीको मुत्यु देख्दा विचलित भए ।

 बिरामीको मुत्यु भैसकेपछि पनि समयमै लासलाई व्यवस्थापन हुन नसक्दा अन्य बिरामी अतालियको अनुभव रहयो । धेरै जसो पालिकामा बनेका आइसोलेसनमा डाक्टरको कमी त खड्कीयो नै यस संगै कोरोना पोजेटिभ भएपछि अन्य रोगको निदानका लागि कुनै प्रकारका उपचार नगरिएको पनि देखियो ।  स्वास्थ्य मन्त्रालयहरुबाट नीति, निर्देशिका, वक्तब्य, अनुरोध, निर्देशन ओइरिरहे । तर, त्यसलाई लागु गर्न तात्पर्यताको कमी देखियो । तिनै वटै सरकार (स्थानीय, प्रदेश र संघ)को समन्वयमा कमी देखियो भने एक भन्दा अर्काको भूमिका ठूलो देखाउने होडबाजी नै चल्यो । यस महामारीले आर्युर्वेद र यसमा प्रयोग हुने जडिबुटिले पनि चर्चा पाएँ । 

महामारीमा सामाजिक संजालको प्रयोग भने निकै धेरै भयो । सूचना दिनका लागि मात्र नभएर एउटै घटनालाई पटकपटक भनिरहँदा वा देखाई रहँदा अत्यास लागिरहयो भने गलत सूचना र अनाधिकृत सूचना पनि निकै सम्प्रेषण भए । टि.भि र सामाजिक संजालहरुमा आफै विज्ञ जस्तै गरेर उपयोगी, उपयोगिहीन र स्वास्थ्यलाई हानी पु¥याउने सुझाव दिनेको ठूलै प्रतिस्पर्धा चल्यो । 

विज्ञहरुले पनि महामारीको अवस्था र राजनीतिलाई एउटै बनाएर छलफल गरेको देखियो । गलत र भ्रमित सामाग्रीलाई रोक लगाउने, सम्प्रेषणलाई रोक लगाउने र खण्डन गर्ने तात्पर्यता भने कसैले देखाएनन् । कुनै पनि क्षेत्र राजनीतिबाट अछुतो रहदैन् । तरपनि उच्चतहको कर्मचारीतन्त्र र विज्ञ निर्णायक भूमिकामा देखिएनन् । राजनैतिकवृत्तका मानिसहरुकै दवदवाह कायम रहयो ।  स्वास्थ्य, यसका मुल्य र मान्यताहरुको उपयोगिता त भएन् साथै जनस्वास्थ्यकर्मीका रुपमा कार्य गरिरहेकाहरु मध्ये केहि औँलामा गन्न सकिने बाहेक सबैले अन्य स्वास्थ्यकर्मीलाई सहयोग गर्ने, तथ्याङ्क खोज्ने, राख्ने, हेर्ने र सामाजिक संजालमा शेयर गर्ने भूमिकामा रहे ।  

पहिलो भन्दा पछिल्लो वर्षको महामारीमा गैरसरकारी संस्थाहरुको सहयोग रहे पनि समग्रमा महामारीको उपचार र रोकथामको जिम्मा अस्पताल, स्थानियतहमा कार्यरत स्वास्थ्यकर्मी र प्रहरी प्रशासनको जिम्मेवारीको रुपमा रह्यो । स्थानियतहहरुमा पनि केन्द्र र प्रदेशका नीति, निर्देशन र स्थानिय समस्याहरु हेरी योजना बनाई कार्यावन्वय गर्नु भन्दापनि पालिका प्रमुख, उपप्रमुख र वडा अध्यक्षहरुको निर्देशन र इच्छा अनुसारको कार्य गरेको पाइयो । केहि नीजि प्रयोगशाला, स्वास्थ्य संस्था र अस्पताले उपचारमा सहयोग गरे पनि केही कमाउने अवसरको उपयोग गर्ने रुपमा देखा परे । 

यस बीचमा सकारात्मक कामहरु पनि निकै भएको देखियो । जस्तै:

सरकारद्वारा संचालित स्वास्थ्य सस्ंथाका सेवा भरपर्दो रहेछ ।

जनस्तरबाट नै  स्वास्थ्य प्रार्थमिकतामा परेको देखियो ।

एयर एम्बुलेन्स सम्भावना नेपालमा छ र यसको उपयोगिताको सम्भावना निकै धेरै रहेको छ ।

स्वास्थ्यमा प्राविधिकरुपमा नीजि क्षेत्रमा पनि उल्लेख्य मात्रामा अगाडि बढेको देखियो ।

केहि स्थानियतहहरुमा अस्पताल संचालन गर्ने क्षमता तथा इच्छा रहेको देखियो । 

अन्तमा हामी अहिलेनै यस महामारीबाट सुरक्षित भैसकेका छैनौं । यस महामारीसँग जुध्नकालागि सबैको भूमिका अपरिहार्य रहेको छ । हालको समयमा भ्याक्सिनको विकल्प छैन् । त्यसैले सवैले समयमै पाउनु पर्छ । र, आमनागरिकले उपलब्धता अनुसार भ्याक्सिन लगाउनु पर्छ  । साथसाथै, साबुन पानीले हात धुने वा सेनिटाइजरको प्रयोग, माक्सको प्रयोग र भौतिक दूरी कायम राख्ने उपायहरुनै सर्वोउत्कृष्ट हुन् । 

सकारबाट पटकपटक हुने लकडाउन विकल्प होइन् पहिलो पटक रोगको बारेमा धेरै जानकारी थिएन । रोकथाम कसरी गर्ने ? यसको असर कस्तो हुन्छ औषधि र भ्याक्सिन थिएन् त्यसैले यी सबै अन्यौलकाबीच सबै सुरक्षित हुनका लागि लकडाउन एउटा उपाए बन्यो तर समय संगै धेरै कुरा र ज्ञान बढिसक्यो । 

अब लकडाउनको विकल्पमा सुरक्षित हुने धेरै उपायहरु छन् । लकडाउनले समाजमा अन्य समस्याहरु पनि सिर्जन गरि राखेको छ जो बाहिर देखाइएको छैन । सबैले मनन् गर्नुपर्ने कुरा के हो भने कोरोना सम्बन्धि जनचेतना सबै सँंग पुगिसकेको छ त्यसैले आफुले आफुलाई सुरक्षित राखौँ ।

(डा रजनी भेरी अस्पतालकी फिजिसियन हुन्)

  • १४ श्रावण २०७८, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech