सुदूरपश्चिममा भोलिदेखि खोप बितरण

    • स्वास्थ्य पेज

  • १२ श्रावण २०७८, मंगलवार

धनगढीः सुदूरपश्चिम प्रदेशमा भोलिदेखि कोरोना बिरुद्धको खोप बितरण गरिने छ । यसका लागि बिभिन्न स्थानमा खोप केन्द्रहरु तोकिएका छन् ।

सुदूर पश्चिमको संघीय सरकारले झण्डै साढे तीन लाख डोज कोरोना विरुद्धको खोप धनगढी पु¥याइएको छ । संघीय सरकारले पठाएको भेरोसेल र जोन्सन एण्ड जोन्सन कम्पनीको गरी तीन लाख ३५ हजार डोज खोप धनगढी पुगेको प्रदेश स्वास्थ्य आपूर्ति केन्द्रले जनाएको छ ।

स्वास्थ्य आपूर्ति केन्द्रका निमित्त प्रमुख पदम बिष्टले एक लाख ९८ हजारभन्दा बढी डोज भेरोसेल र एक लाख ३६ हजार डोज जोन्सन एण्ड जोन्सनको खोप धनगढी पठाइएको जानकारी दिनुभयो ।

उहाँका अनुसार भेरोसेल खोप ५५ वर्ष र सो भन्दा माथिको उमेर समूहका सबै नागरिकलाई लगाउन स्वास्थ्य सेवा विभागले निर्देशन दिएको छ ।

  • १२ श्रावण २०७८, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech