भेरी अस्पतालको स्थापना दिवसः कुन खेलमा कस्ले जित्यो ?

    • स्वास्थ्य पेज

  • १२ श्रावण २०७८, मंगलवार

नेपालगन्जः भेरी अस्पताल नेपालगन्जले आफ्नो स्थापना दिवसको अवसरमा विभिन्न प्रतियोगिता सम्पन्न गरेको छ । पहिलो पटक औपचारिक कार्यक्रमको आयोजना गरी आज १३१ औं स्थापना दिवस मनाइरहेको भेरी अस्पतालले आन्तरिक खेलसप्ताह आयोजना गरेको थियो । त्यसमा क्यारेमवोर्डमा पुरुषतर्फ देवीबहादुर भण्डारी पहिलो हुनुभयो ।

त्यस्तै डा खगेन्द्र जंग शाह दोस्रो हुँदा प्रसिद्ध ढकाल तेस्रो हुनुभयो । महिलातर्फ राधिका कठायतलाई पराजित गर्दै मधु गुरुङ पहिलो हुनुभयो । चेस प्रतियोगितामा पुरुषतर्फ कर्णबहादुर रोकाय पहिलो हुनुभयो भने डा पुष्कर न्यौपाने दोस्रो हुँदा डा अनिल महर्जन, धनराम ओली, बादलबाबु शर्मा, सञ्जु लोहनी र प्रसिद्ध ढकाल तेस्रो हुनुभयो ।

महिलातर्फ भने संगीता थापामगर पहिलो, रीता खधिकारी दोस्रो र सुनिता सहकारी तेस्रो हुनुभयो । ब्याटमिन्टनमा पुरुषतर्फ प्रसिद्ध ढकाल पहिलो, डा मोहन नाथ योगी दोस्रो हुँदा कुलाराम थारु र डा खगेन्द्र जंग शाह तेस्रो हुनुभयो । महिलातर्फ भने मधु गुरुङ पहिलो, एलिसा खड्का दोस्रो, सदिक्षा गैरे र पुजा बुढ्थापा तेस्रो हुनुभयो ।

टेवलटेनिसमा पुरुषतर्फ डा हेमन्त शाह पहिलो, ध्रुवराज घिमिरे दोस्रो र प्रसन्न मिश्र तेस्रो हुनुभयो । महिलातर्फ भने यमकुमारी थापा पहिलो, मधु गुरुङ दोस्रो र संगीता थापामगर तेस्रो हुनुभयो ।

यस्तै क्रिकेटतर्फ डा शोएब अहमद कुरेशीको टीमले बादल बाबु शर्माको टिमलाई पराजित ग¥यो । त्यस्तै पुरुषतर्फको फुटसलमा तरेन्द्र बहादुर थापाको टीमले प्रसिद्ध ढकालको टीमलाई पराजित ग¥यो भने महिलातर्फ राधिका कठायतको टीमलाई स्तब्ध पार्दै पुजा बुढ्थापाको टीम विजयी भयो ।

यस्तै रोड रेस प्रतियोगितामा पुरुषतर्फ डा.पुस्कर न्यौपाने पहिलो डा.मोहननाथ योगी दोस्रो र डा.शिवम् खेतान तेस्रो हुनुभयो भने महिलातर्फ रीना खड्का पहिलो, कमलाकुमारी नेपाली दोस्रो र कुसुम कठायत तेस्रो हुनुभयो । विजयी खेलाडीहरुलाई आज सम्मानित गरिने छ ।

 

  • १२ श्रावण २०७८, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech