नेपालमा फेरि बढ्यो कोरोना संक्रमण दर

    • स्वास्थ्य पेज

  • ११ श्रावण २०७८, सोमबार

नेपालगन्जः फेरि नेपालमा कोरोना संक्रमण दर उकालो लागेको छ । सोमबार थप ३ हजार ४ सय २१ जनामा कोरोना पुष्टि भएसँगै संक्रमण दर फेरि उकालो लागेको हो ।

देशभर गरिएको १२ हजार २४० पिसिआर परिक्षणका क्रममा २ हजार ३ सय ९१ र ५ हजार ३२ एन्टीजेन परिक्षणका क्रममा १ हजार ३० जनामा कोरोना पुष्टि भएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ७ लाख ३८ हजार ९०८ पुगेको छ ।

त्यस्तै थप २५ संक्रमितको कोरोनाका कारण मृत्यु भएको छ । यो संगै नेपालमा ९ हजार ७ सय ३८ पुगेको छ । त्यस्तै १ हजार ६ सय ८६ संक्रमित निको हुँदा हालसम्म नेपालमा ६ लाख ४५ हजार ३०१ जनाले कोरोना जितेका छन् ।

हालसम्म नेपालमा ३५ लाख ५१ हजार ३२३ वटा पिसिआर र २ लाख ९४ हजार ७६१ वटा एन्टीजेन परिक्षण गरिएको छ ।

  • ११ श्रावण २०७८, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech