कैलालीः सुदूरपश्चिमको एक मात्र सरकारी अस्पताल डडेल्धुरामा चिकित्सक नहुँदा बिरामीलाई समस्या थपिएको छ ।
गुणस्तरीय स्वास्थ्य सेवा छिटोछरितो र मितव्ययी बनाउने सरकारको लक्ष्य भए पनि अस्पतालमा एक जना फिजिसियन र चार जना मेडिकल अधिकृत बाहेक अन्य सेवा दिन नसकिएको अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डाक्टर जगदिशचन्द्र बिष्टले बताउनुभयो ।
सुदूरपश्चिमका सात पहाडी जिल्लाबाट आउने बिरामीलाई अस्पतालमा हाडजोर्नी, स्त्रीरोग, प्रसुति जनरल सर्जरी, मनरोग, वालरोग विशेषज्ञ लगायतका महत्वपुर्ण जनशक्ति नहुँदा अन्यत्र धाउनुपर्ने बाध्यता छ ।
कोही बिदामा र कोही सरुवा भएर गएकाले सेवा प्रवाहमा समस्या भएको अस्पताल विकास समितिका अध्यक्ष करुणाकर ओझाले बताउनुभयो ।
५ सय शय्याको डडेल्धुरा अस्पतालमा २० जनाको दरबन्दी मध्ये स्थायी विशेषज्ञ १ जना र मेडिकल अधिकृत ४ जना मात्र कार्यरत छन् ।