१४८ नमुना परीक्षण गर्दा १० जनामा कोभिड

    • स्वास्थ्य पेज

  • १० श्रावण २०७८, आईतवार

नेपालगन्जः बाँकेमा आज थप १० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जिल्लाका तीनवटा प्रयोगशालामा १४८ नमुना परीक्षण गर्दा १० जनामा भाइरस संक्रमण पुष्टि भएको हो ।

भेरीको प्रयोगशालामा ४९ नमुना परीक्षण गर्दा ७, मेडिकल कलेज कोहलपुरमा ६४ नमुना परीक्षण गर्दा २ र बागेश्वरी ल्यावमा ३५ नमुना परीक्षण गर्दा १ जनामा भाइरस संक्रमण पुष्टि भएको छ । तिमध्ये बाँकेका ४ जना छन् ।

अहिलेसम्म बाँकेमा ८७ हजार ८ सय ९४ वटा नमुना परीक्षण गरिएको छ । त्यसमा १७ हजार ५ सय ८१ जनालाई पोजेटिभ देखिएको छ । त्यस्तै थप ९ जना डिस्चार्ज भएका छन् ।

योसँगै डिस्चार्ज हुनेको संख्या १७ हजार २ सय २९ पुगेको छ ।

  • १० श्रावण २०७८, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech