दमकः कोरोना संक्रमण दर बढेको भन्दै झापाको दमक नगरपालिकाले एक साता निषेधाज्ञा लागू गर्ने भएको छ ।
नगरपालिकाले कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि साउन साउन ११ गते विहान ४ बजेदेखि साउन १७ गते मध्यराति १२ बजेसम्म नगरपालिका क्षेत्रभित्र निषेधाज्ञा गर्ने विज्ञप्तिमार्पत जनाएको छ ।