बर्दियामा कोभिशिल्ड खोप लगाएकी वृद्धाले भेरोसेल लगाएपछि…!

    • स्वास्थ्य पेज

  • १० श्रावण २०७८, आईतवार

नेपालगन्जः बर्दिया बासगढी नगरपालिका–८ मा एक वृद्धाले कोरोनाविरुद्धका दुई छुट्टाछुट्टै खोप लगाएको खुलेको छ । बैशाख अन्तिमसाता कोभिशिल्डको पहिलो डोज खोप लगाएकी ५५ वर्षीया ती वृद्धाले साउनको पहिलो साता भेरोसेल खोप लगाएको पाइएको हो ।

उनले दुवै खोप एक–एक डोज लगाएकी छन् । तर खोपको असर भने उनलाई नदेखिएको परिवारको एक सदस्यले बताए । ‘उहाँले भुल वश खोप लगाउनु भएछ परिवारका ती सदस्यले स्वास्थ्य पेजलाई भने–‘तर खोपको असर भने अहिलेसम्म देखिएको छैन् ।’

चिनेजानेका व्यक्तिहरुको भनसुनमा उनले कोभिशिल्डको पहिलो डोज खोप लगाएकी थिइन् । भेरोसेल खोप भने लक्षित समूहभित्रै परेकाले साउन ६ गते लगाएकी थिइन् । स्वास्थ्य कार्यालय बाँकेका खोप अधिकृत भेषराज शर्माले भने अहिलेसम्म दुवै डोज खोप एउटै लगाइरहेकाले फरकफरक लगाउनु अध्ययनको बिषय भएको बताउनुभयो ।

उहाँले अन्तराष्ट्रियस्तरमै पहिलो डोज कोभिशिल्डकै लगाए दोस्रो पनि कोभिशिल्डकै लगाउनु पर्ने मान्यता रहेकाले त्यहीअनुसार नेपालमा पनि खोप लगाउने अभ्यास चलिरहेको बताउनुभयो ।

  • १० श्रावण २०७८, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech