३११४ जनामा कोरोना पुष्टि, २१९७ जना निको भए

    • स्वास्थ्य पेज

  • ९ श्रावण २०७८, शनिबार

काठमाडौं: पछिल्लो २४ घण्टामा ३ हजार ११४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

१० हजार ६२५ जनाको पीसीआर परीक्षण गर्दा २ हजार ३०९ जना र ४ हजार २८५ जनाको एन्टिजेन परीक्षण गर्दा ८०५ जना गरी ३ हजार ११४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा २ हजार १९७ जना निको भएका छन् । यो सहित नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको कुल संख्या ६ लाख ४१ हजार ५६५ पुगेको छ ।

संक्रमणकै कारण पछिल्लो २४ घण्टामा देशभर १६ जनाले ज्यान गुमाएका छन् । हालसम्म नेपालमा ९ हजार ६९५ जनाले कोरोना संक्रमणबाट ज्यान गुमाएका छन् ।

  • ९ श्रावण २०७८, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech