काठमाडौं: प्रधानमन्त्री शेरबहादुर देउवाले ऋण लिएर भएपनि नेपाली जनतालाई कोभिडविरुद्धको खोप लगाउने बताउनुभएको छ ।
प्रतिनिधिसभाको शुक्रबार बसेको बैठकमा आफूलाई बधाई दिने सांसदहरुलाई धन्यवाद दिँदै प्रधानमन्त्री देउवाले आफ्नो प्राथमिकता खोप नै भएको बताउनुभयो । हामी ऋण लिएर भए पनि, जति महंगो भए पनि किनेर जनतालाई खोप पुर्याउने प्रतिवद्धता पूरा गर्छौं- उहाले भन्नुभयो।
उहाँले गठबन्धनमा रहेका अनुभवी नेताहरुको अनुभवलाई प्रयोग गरेर केही न केही काम गरेर देखाउने प्रतिबद्धता जनाउनुभयो ।