नेपालगन्ज: बाँकेमा आज थप १६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जिल्लाका तीनवटा प्रयोगशालामा ३३५ नमुना परीक्षण गर्दा १६ जना नयाँ संक्रमित थपिएको जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रले जनाएको छ ।
नेपालगन्ज स्थित भेरी अस्पतालको प्रयोगशालामा २१४ नमुना परीक्षण गर्दा १५ जना, मेडिकल कलेज कोहलपुरको प्रयोगशालामा ६७ नमुना परीक्षण गर्दा १ जना र बागेश्वरी ल्याबमा ५४ नमुना परीक्षण गर्दा कसैमा पनि संक्रमण देखिएको छैन ।
हालसम्म जिल्लाका प्रयोगशालामा ८७ हजार ५०४ नमुनाको पीसीआर परीक्षण सम्पन्न भईसकेको छ । संक्रमण पुष्टि भएकामध्य जिल्लाका ६ जना मात्र छन् । संक्रमणबाट निको भएर थप १० जना डिस्चार्ज भएका छन् ।