काठमाडौंः अमेरिकाले अनुदानमा दिएको जोन्सन एण्ड जोन्सनको खोप बिहीबार काठमाडौं महानगरभित्र नदिइने भएको छ।
खोप सकिएका कारण खोप कार्यक्रम रोकिएको छ। स्वास्थ्य तथा जनस्वास्थ्य मन्त्रालयले ५० वर्षमाथिका, अपांग, शरणार्थी तथा यसअघि खोप लगाउन छुटेका स्वास्थ्यकर्मीलाई खोप दिने जनाएको थियो।
तर, बुधबारदेखि काठमाडौंमा १८ वर्ष माथिका सबैलाई खोप दिइएको थियो। खोप सकिएकाले बिहीबार कसैलाई खोप नदिइएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिनुभयो ।
बुधबार मात्रै काठमाडौं महानगरपालिकामा ६० हजारले यो खोप लगाएका थिए ।पराजुलीका अनुसार काठमाडौं उपत्यकाका अन्य नगरपालिका, भक्तपुर र ललितपुरमा भने खोप कार्यक्रम जारी छ।