कोभिडबाट भेरीमा थप एकजनाको मृत्यु

    • स्वास्थ्य पेज

  • ७ श्रावण २०७८, बिहीबार

नेपालगन्ज: कोरोना भाइरस संक्रमणबाट भेरी अस्पतालमा आज थप एक जनाको मृत्यु भएको छ ।

गेरुवा गाउँपालिका -१ बर्दियाका ६४ वर्षका पुरुषको बिहान ५:३० बजे मृत्यु भएको हो ।

स्वास्थ्यमा समस्या देखिएपछि उनी साउन ३ गते अस्पताल भर्ना भएका थिए । त्यसैदिन उनलाई कोभिड पुष्टि भएको थियो ।

यो संगै उपचारका लागि बाँके आएका बाहिरी जिल्लाका मृतक संख्या ३ सय ७५ पुगेको छ ।

  • ७ श्रावण २०७८, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech