नेपालगन्ज: कोरोना भाइरस संक्रमणबाट भेरी अस्पताल नेपालगन्जमा आज थप एक जनाको मृत्यु भएको छ।
जिल्ला कोभिड- १९ ब्यबस्थापन समितिका अनुसार बारबर्दिया नगरपालिका- ४ बर्दियाका ४५ वर्षीय पुरुषको उपचारका क्रममा बिहान सवा ८ बजे मृत्यु भएको हो ।
असार २३ गते कोरोना संक्रमण पुष्टि भएका उनी त्यसैदिन भेरीको कोभिड वार्डमा भर्ना भएका थिए ।
यो संगै उपचारका लागि बाँकेमा आएका बाहिरी जिल्लाका कोभिडबाट मृत्यु हुनेको संख्या ३ सय ७४ पुगेको समितिका फोकलपर्सन तेज वलीले जानकारी दिनु भयो ।