नेपालगन्जः नेपालमा क्यान्सर रोगविरुद्धको औषधि उत्पादन शुरु भएको छ। टिजिग फर्मा प्रभाइभेट कम्पनीले नेपालमा पहिलो पटक क्यान्सर रोगविरुद्धको औषधि उत्पादन शुरु गरेको हो।
कम्पनीका कार्यकारी निर्देशक शैलेश वैद्यले क्यान्सर रोगबिरुद्धको औषधि उत्पादन गर्ने यो कम्पनी नेपालकै पहिलो कम्पनी भएको बताउनुभयो ।
काभ्रेको नालामा रहेको यो कम्पनीमा शत प्रतिशत विदेशी लगानी रहेको बताइएको छ। कम्पनीले हालसम्म ३२ करोड रुपैयाँ लगानी गरेको छ।
कम्पनीले नेपालमा उत्पादन भएका औषधिको मुल्य विदेशबाट आयात भएका औषधि भन्दा सस्तो भएको जानकारी दिएको छ।
टिजिगले अहिले औषधि व्यवस्था विभागबाट १५ वटा मोलिक्युलका लागि स्वीकृति पाइसकेको छ ।
त्यसमध्ये पाँचवटा फर्माकोपेल, अरु नन् फर्माकोपेल छन् । यी मध्ये केही औषधि उत्पादन अनुज्ञापत्र औषधि निर्यातका लागि भएको कार्यकारी निर्देशक वैद्यले जानकारी दिनुभयो ।