विश्वभर कोरोनाबाट कतिले ज्यान गुमाए ?

    • स्वास्थ्य पेज

  • ४ श्रावण २०७८, सोमबार

तस्विरः फाइल

नेपालगन्जः विश्वभर कोरोनाबाट मृत्यु हुनेको संख्या ४१ लाख नाघेको छ। पछिल्लो २४ घण्टामा ६ हजार ६७५ जनाको मृत्यु भएसँगै विश्वमा हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ४१ लाख ५ हजार ३५२ पुगेको हो।

कोरोनाबाट सबैभन्दा बढी अमेरिकामा ६ लाख २४ हजार ७५६ जनाको मृत्यु भएको छ। ब्राजिलमा ५ लाख ४२ हजार २६२, भारतमा ४ लाख १४ हजार १४१, मेक्सिकोमा २ लाख ३६ हजार र पेरुमा १ लाख ९५ हजारको मृत्यु भएको छ।

यस्तै पछिल्लो २४ घण्टामा इन्डोनेसियामा १ हजार ९३, ब्रजिलमा ९३९, रसियामा ७६४ र भारतमा ५०१ जनाको मृत्यु भएको छ। यस्तै, बेलयायतमा ४८ हजार, इन्डोनेसियामा ४४ हजार ७००, भारतमा ३८ हजार ३२५, ब्रजिलमा ३४ हजार र रसियामा २५ हजारसहित विश्वभर ४ लाख ४० हजार संक्रमित थपिएका छन्।

  • ४ श्रावण २०७८, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech