एक डोज मात्रै लगाए पुग्ने कोरोना विरुद्धको खोप आजदेखि

    • स्वास्थ्य पेज

  • ४ श्रावण २०७८, सोमबार

नेपालगन्जः एक डोज मात्रै लगाए पुग्ने कोरोना विरुद्धको खोप आजदेखि लगाउन सुरु गरिँदैछ । अमेरिकाले अनुदानमा उपलब्ध गराएको जोन्सन एण्ड जोन्सन खोप लगाउन थालिएको हो । यो खोप एक पटक मात्रै लगाए पुग्ने छ। पहिलो चरणमा काठमाडौंसहित विभिन्न स्थानमा लगाइँदै छ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डाक्टर समिरकुमार अधिकारीले आजदेखि तीन दिनसम्म जोन्सन एण्ड जोन्सनको खोप लगाइन लागिएको जानकारी दिनुभयो ।

जोन्सन एण्ड जोन्सनको खोप ५० देखि ५४ वर्ष उमेर समूहका, पहिलो खोप लगाउन बाँकी सबै तथा पूर्ण र अति अशक्त, अपाङ्गता भएका नागरिक र नेपालमा रहेका शरणार्थीलाई दिइँदै छ।

कोभ्याक्स सुविधा अन्तर्गत अमेरिकाले दिएको जोन्सन एण्ड जोन्सन खोप असार २८ गते नेपालमा आएको हो ।

जोन्सन एण्ड जोन्सन कम्पनीले आफूले विकास गरेको खोप लक्षण नदेखिइकन हुने संक्रमण नियन्त्रणको लागि पनि प्रभावकारी हुने बताएको छ। उक्त खोप ८८ प्रतिशत प्रभावकारी देखिएको कम्पनीले जनाएको छ।

 

 

  • ४ श्रावण २०७८, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech