चीनले थप १६ लाख खोप नेपाललाई अनुदानमा उपलब्ध गराउने

    • स्वास्थ्य पेज

  • १ श्रावण २०७८, शुक्रबार

काठमाडौंः चीन सरकारले नेपाललाई थप १६ लाख डोज कोभिड–१९ विरुद्धको खोप अनुदानमा दिने भएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न बालुवाटार पुग्नुभएकी चिनियाँ राजदूत होउ यान्छीले चीन सरकारले नेपाललाई थप खोप दिने निर्णय गरेको जानकारी गराउनुभएको हो ।प्रधानमन्त्री देउवाले भेटका क्रममा चीन सरकारको सहयोगका लागि धन्यवाद ज्ञापन गर्नुभएको थियो ।

यसअघि चीनबाट अनुदानमार्फत १८ लाख डोज कोभिड–१९ विरुद्धको खोप आइसकेको छ । त्यस्तै नेपालले चीनसँग खरिद गरेको ४० लाख डोज खोपमध्ये आठ लाख डोज समेत नेपाल आइसकेको छ ।

  • १ श्रावण २०७८, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई healthpage0@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech