६० वर्ष पुगेका ३३ स्वास्थ्य स्वयमसेविकालाई सम्मानसहित विदाई

    • स्वास्थ्य पेज

  • १ श्रावण २०७८, शुक्रबार

नेपालगन्जः नेपालगञ्ज उपमहानगरपालिकाले ६० वर्ष उमेर पुरा भएका महिला स्वास्थ्य स्वयमसेविकाहरुलाई सम्मान सहित विदाई गरेको छ । आज नगर प्रमुख डा. धवलशम्शेर राणा, प्रमुख प्रशासकीय अधिकृत हिरालाल रेग्मी र स्वास्थ्य शाखा प्रमुख रामवहादुर चन्दले महिला स्वास्थ्य स्वयमसेविकाहरुलाई जनही नगद ५० हजारसहित सम्मानपत्रबाट सम्मानित गर्नुभयो ।

६० वर्ष पुरा भएका महिला स्वास्थ्य स्वयमसेविकाहरुले हालसम्म पु¥याएको योगदानको कदर स्वरुप सम्मान गरिएको नगर प्रमुख राणाले बताउनुभयो । महिला स्वास्थ्य स्वयमसेविकाहरुको सम्मानसहित विदाईका लागि संघीय सरकारले २० हजार रुपैंया मात्रै उपलब्ध गराएकोमा उपमहानगरपालिकाले ३० हजार थप गरि ५० हजार उपलब्ध गराइएको हो ।

नेपालगञ्जमा २०१ जना महिला स्वास्थ्य स्वयमसेविका रहेकोमा ६० वर्ष उमेर पुरा भएका ३३ जनालाई औपचारिक विदाई गरिएको छ । महिला स्वास्थ्य स्वयमसेविका नारायणी रुपाखेती, गीता राणा लगायतले आफुहरुले लामो समयसम्म सेवा गरेपनि विदाई हुनेक्रममा सरकारबाट प्रर्याप्त सहयोग नपाएको गुनासो गर्नुभयो ।

  • १ श्रावण २०७८, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech