नेपालगन्जः बाँकेमा पछिल्लो २४ घण्टामा थप २६ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । जिल्लाका तीन वटा प्रयोगशालामा १ सय ८४ नमुना परीक्षण गर्दा २६ जनामा भाइरस संक्रमण पुष्टि भएको हो ।
भेरी अस्पतालको ल्यावमा ८८ नमुना परीक्षण गर्दा १९ र नेपालगन्ज मेडिकल कोहलपुरको प्रयोगशालामा ५१ नमुना परीक्षण गर्दा ३ जना र बागेश्वरी ल्याबमा ४५ नमुना परीक्षण गर्दा ४ जनामा भाइरस संक्रमण देखिएको हो । तिमध्ये बाँकेका भने ९ जनामात्रै छन् ।
योसँगै बाँकेमा भाइरस संक्रमितको संख्या १७ हजार ५ सय ३९ पुगेको छ । पीसीआर परीक्षणको संख्या भने ८६ हजार ३ सय ६२ पुगेको जिल्ला कोभिड–१९ व्यवस्थापन समितिका फोकलपर्सन तेज वलीले जानकारी दिनुभयो ।
पछिल्लो २४ घण्टामा थप ७ जना डिस्चाज भएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या १७ हजार १ सय ७६ पुगेको छ ।