स्वास्थ्य मन्त्रालय भन्छ–‘भ्रमपूर्ण प्रचारमा विश्वास नगर्नु !’

    • स्वास्थ्य पेज

  • ३१ असार २०७८, बिहीबार

काठमाडौं: कोभिड–१९ नियन्त्रण गर्ने र निष्प्रभावी बनाउने कुनै पनि उपकरण पत्ता नलागेको भन्दै भ्रमपूर्ण प्रचारमा विश्वास नगर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आग्रह गरेको छ ।

कोरोनालाई नियन्त्रण गर्ने हल्ला फिजाउँदै बिक्री लागि बजारमा ल्याइएका यस्ता उपकरणमा कुनै सत्यता नभएकाले हल्लाको पछि नलाग्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय अन्तर्गतको राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रले आग्रह गरेको हो ।

विज्ञापन गरिए जस्तो यस्तो यन्त्रले कोभिड १९ भाइरसलाई निस्क्रिय बनाउने वा सो यन्त्रको प्रयोग गरेर मास्क लगाउन नपर्ने भन्ने कुरा भ्रामक र तथ्याहीन भएको भन्दै मन्त्रालयले सतर्क रहन भनेको छ।

कोरोनाबाट बच्ने वैज्ञानिक उपाय भनेको नै खोप लगाउने, मास्कको सधैँ प्रयोग गर्ने र स्वास्थ्य सुरक्षाका सबै मापदण्डको पालना गरेर मात्र हो, केन्द्रले भनेको छ ।

  • ३१ असार २०७८, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech