ल्याइदिएको खोप भोलिदेखि हामीले दिन थाल्यौं भनेर तमासा शुरु हुने ओलीको दावी

    • स्वास्थ्य पेज

  • २९ असार २०७८, मंगलवार

काठमाडौं: निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले सबै नेपालीलाई खोप सुनिश्चित गरेको दाबी गर्नुभएको छ । मंगलबार देशवासीका नाममा सम्बोधन गर्दै उहाँले छोटै समयमै सबै नागरिकलाई पुग्ने खोपको व्यवस्था गरिएको दाबी गर्नुभयो ।

एमाले अध्यक्ष समेत रहनुभएका ओलीले नेपाल खोप उत्पादक नभएपनि छोटो समयमा नै नागरिकलाई खोपको व्यवस्थापन गर्न आफु सफल भएको दाबी गर्नुभयो । उहाँले १ करोड ३१ लाख मात्रा खोप सुनिश्चित भएको र २ करोड भन्दा बढी खरिदको प्रक्रिया रहेको जानकारी दिदै अब नेपालमा खोपको अभाव नहुने बताउनुभयो ।

आफ्नो नेतृत्वको सरकारले बन्दोबस्त गरेको खोपलाई नयाँ सरकारले आफूले ल्याएको भनेर प्रचार गर्न सक्ने ओलीको दाबी छ । उनले भन्नुभयो , ‘मलाई थाहा छ । भरे वा भोलि विहानबाट ल्याइदिएको खोप, खोप लगाएको फोटो खिचेर अघिल्लो सरकार गयो, हामीले खोप दिन थाल्यौं भनेर तमासा शुरु हुनेछ ।’ तर, मलाई त्यसको चिन्ता छैन।’

ओलीले आफ्नो सरकारले जनताको ज्यान र महामारीको नियन्त्रणलाई आफ्नो सरकारले प्राथमिकतामा राखेको पनि बताउनुभयो ।

  • २९ असार २०७८, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech