काठमाडौं: अमेरिकाबाट आज मात्र नेपाल ल्याइएको जोन्सन एन्ड जोन्सनको कोभिड खोप लगाउन सरकारले प्राथमिकता निर्धारण गरेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विश्व स्वास्थ्य संगठनको सहजीकरणमा खोप सञ्जाल (कोभ्याक्स) सुविधाअन्तर्गत आएको जोन्सन एण्ड जोन्सनको खोप ५० देखि ५४ बर्ष नागरिकलाई दिने निर्णय गरेको छ।
यस्तै मन्त्रालयले उक्त खोप पूर्ण र अति अशक्त अपाङ्गता (वर्ग क र ख) भएका नागरिकहरु, नेपालमा बसोबास गरिरहेका शरणार्थीहरु र यसअघि खोप लगाउन छुटेका स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी र सरसफाईकर्मीहरुलाई समेत दिने निणर्य गरेको छ ।
आज मात्रै अमेरिकाबाट जोनसन एण्ड जोनसनको १५ लाख डोज खोप नेपाल ल्याइएको हो। यसपटकको खोप अभियानमा विश्वविद्यालयका प्राध्यापक, विद्यालयका शिक्षक तथा कर्मचारी, सार्वजनिक यातायातमा कार्यरत चालक तथा सहचालकहरुले पनि खोप लगाउन पाउने छन्।