पोखरा: गण्डकी प्रदेशमा कोभिड-१९ को नयाँ भेरियन्ट डेल्टा फेला परेको पुष्टि भएको छ ।
गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार गत जेठ ३१ गते काठमाडौं पठाइएका ५ वटा नमूनामध्ये सबैमा डेल्टा भेरियन्ट पुष्टी भएको हो । प्रदेशको स्वास्थ्य निर्देशनालयका अनुसार पाँचै जनामा डेल्टा (बि.१.६१७.२) भेरियन्ट पुष्टि भएको हो।
यो भेरियन्ट पहिलो अल्फा भेरियन्ट भन्दा बढी संक्रामक हुने भएकाले व्यक्तिगत सुरक्षाका मापदण्ड अपनाउन निर्देशनालयले अनुरोध गरेको छ।
स्याङजाको कालीगण्डकी गाउँपालिकाका दुईजना पुरुष र गोरखाको बारपाक सुलिकोट गाउँपालिकाका तीन महिलामा डेल्टा भेरियन्ट पुष्टि भएको हो ।