सुर्खेत: सुर्खेतमा जारी निषेधाज्ञा केहि खुकुलो बनाउदै पुनः लम्ब्याईएको छ । जिल्ला प्रशासन कार्यालय सुर्खेतले एक सूचना जारी गर्दै असार ३१ गते राति १२ बजे सम्मका लागि निषेधाज्ञा लम्ब्याईएको जानकारी दिएको छ ।
कोरोना भाइरस संक्रमणको जोखिम टरि नसकेकाले यसको रोकथाम र नियन्त्रणका लागि सर्वसाधारको समस्यालाई मध्यनजर गर्दै थप खुकुलोका साथ निषेधाज्ञा थपिएको प्रशासनले जनाएको छ । तरकारी फलफूल लगाएत दूधजन्य पदार्थका पसल बिहान ६ देखि बेलुका ६ बजे सम्म खोल्न सकिने छ ।
त्यस्तै खाद्यान्नका पसल लगाएत अत्यावश्यक सामग्रीका पसलहरु बिहान ९ बजे देखि बेलुका ६ बजे सम्म संचालन गर्न पाइने सूचनामा उल्लेख छ ।
जिल्ला भित्र सम्पूर्ण निजी तथा भाडाका सवारी साधन, सार्वजनिक यातायातका साधन सञ्चालन गर्न पाइने छ ।