नेपालगन्जः भेरी अस्पतालमा कोभिडबाट संक्रमित एकजना बिरामीको उपचारका क्रममा मृत्यु भएको छ । राजापुर नगरपालिका–६ बर्दियाका ५४ वर्षीय पुरुषको आज विहान ११ बजे मृत्यु भएको हो ।
नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा असार १४ गते नमुना परीक्षण गर्दा उनलाई कोभिड पुष्टि भएको थियो । त्यसको चार दिनपछि उनी भेरीको कोभिड वार्डमा भर्ना भएका थिए ।
योसँगै उपचारका लागि बाँके आएका बाहिरी जिल्लाका ३ सय ६५ जना संक्रमितको मृत्यु भएको छ ।