नेपालगन्ज उपमहानगरले बाँड्यो स्वमसेविकालाई साइकल

    • स्वास्थ्य पेज

  • २३ असार २०७८, बुधबार

नेपालगन्जः नेपालगन्ज उपमहानगरपालिकाले आज नगरका महिला स्वास्थ्य स्वमसेविकाहरुलाई साइकल वितरण गरेको छ । उपमहानगरपालिकाले मुख्यमन्त्री ग्रामीण विकास तथा रोजगार योजना अन्तर्गत् १ सय ६८ महिला स्वास्थ्य स्वयमसेविकाहरुलाई एकएक थान साइकल वितरण गरेको हो ।

मेयर धवलशम्शेर राणाले ती स्वास्थ्य स्वयमसेविकाहरुलाई साइकल प्रदान गर्दै यसको सहि सदुपयोग गर्न सुझाव दिनुभयो । स्वास्थ्य स्वयमसेविकाहरुलाई सेवाप्रवाहमा सहजता होस् भन्ने उद्देश्यले साइकल प्रदान गरिएको मेयर राणाले बताउनुभयो ।

सेवा प्रवाहका लागि स्वमसेविकाहरुलाई टाढा–टाढासम्म पुग्नु पर्ने भएकाले यातायातको साधानको रुपमा साइकल सहयोगी बन्ने उहाँको भनाइ छ । साइकल पाएपछि महिला स्वास्थ्य स्वयमसेविकाहरुले खुसी व्यक्त गरेका थिए ।

नेपालगन्ज उपमहानगरपालिकाका २३ वडामा २०१ महिला स्वास्थ्य स्वयमसेविका छन् । तीमध्ये ३३ जना भने सेवाबाट अवकाश लिइसकेका छन् । अवकाश लिएकाहरुलाई भने यो कार्यक्रममा नसमेटिएको नेपालगन्ज उपमहानगरपालिका २ का वडाअध्यक्ष सुनिलसिंह हमालले जानकारी दिनुभयो ।

  • २३ असार २०७८, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech