नेपालगन्जः बाँकेमा पछिल्लो २४ घण्टामा थप २६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जिल्लाका तीनवटा प्रयोगशालामा १६१ नमुना परीक्षण गर्दा उनिहरुमा संक्रमण पुष्टि भएको हो ।
भेरी अस्पतालको प्रयोगशालामा ७९ नमुना परीक्षण गर्दा २४ जना, मेडिकल कलेज कोहलपुरको प्रयोगशालामा ४० नमुना परीक्षण गर्दा २ जनामा संक्रमण पुष्टि भएको हो । बागेश्वरी ल्याबमाा ४२ नमुना परीक्षण गर्दा कसैमा पनि संक्रमण देखिएन् । जिल्लामा हालसम्म ८४ हजार ९६९ जनाको पीसीआर परीक्षण सम्पन्न भईसकेको छ ।
संक्रमण पुष्टि भएका मध्य जिल्लाका ७ जना मात्र छन् । जिल्ला कोभिड १९ व्यवस्थापन समितिका अनुसार गएको २४ घण्टामा ९ जना संक्रमण मुक्त भएर डिस्चार्ज भएका छन् । त्यस्तै २४ घण्टामा संक्रमणकै कारण कसैको मृत्यु भएको छैन् ।