तेस्रो लहरको जोखिममा छौं भीडभाड नगरौंः बाँके प्रशासन

    • स्वास्थ्य पेज

  • १६ असार २०७८, बुधबार

नेपालगन्जः जिल्ला प्रशासन कार्यालय बाँकेले जनस्वास्थ्यका मापदण्ड कडाइका साथ पालना गर्न आग्रह गरेको छ । दोस्रो लहरको भाइरस संक्रमणको जोखिम नटरेको र तेस्रो लहरको संक्रमणको जोखिम झन खतरनाक हुने आंकलनलाई मध्यनजर गरेर स्वास्थ्य मापदण्ड पालना पूर्णरुपमा गर्न गराउन स्थानीय प्रशासनले आग्रह गरेको हो ।

बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालद्धारा आज जारी विज्ञप्तीमा भनिएको छ–‘भारतसँग खुला सीमाना जोडिएको जिल्ला भएकाले त्यहाँको प्रभाव बाँके जिल्लामा पनि पर्न सक्ने सम्भावनालाई गम्भीरतापूर्वक लिइ सो सम्भावित जोखिमको रोकथाम र नियन्त्रणका लागि सार्वजनिक स्थलमा भिडभाड नगर्न, घर बाहिर निस्कदा तथा सार्वजनिक स्थान, सार्वजनिक यातायात प्रयोग गर्दा अनिवार्य मास्क, सेनिटाइजर प्रयोग गर्न र भौतिक दूरी कायम राख्न अनुरोध गरिन्छ ।’

अन्यथा कोभिड–१९ संकट व्यवस्थापन अध्यादेश २०७८ बमोजिम कारवाही हुने चेतावनी समेत स्थानीय प्रशासनले दिएको छ । बाँकेमा हालसम्म करिव १७ हजार पाँचसय व्यक्ति संक्रमित भइसकेका छन् भने ६ सय ७१ जनाको मृत्यु भएको प्रशासनले सूचनामा उल्लेख गरेको छ ।

  • १६ असार २०७८, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech