२४ घण्टामा ३५ संक्रमित थपिए, एकजना डिस्चार्ज

    • स्वास्थ्य पेज

  • १५ असार २०७८, मंगलवार

नेपालगन्जः बाँकेमा पछिल्लो २४ घण्टामा थप ३५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जिल्लाका तीनवटा प्रयोगशालामा १ सय १८ नमुना परीक्षण गरिएकोमा ३५ जनामा भाइरस संक्रमण पुष्टि भएको हो।

भेरीको प्रयोगशालामा ७० नमुना परीक्षण गर्दा २९, मेडिकल कलेजको प्रयोगशालामा २९ नमुना परीक्षण गर्दा १ र बागेश्वरी प्रयोगशालामा १९ नमुना परीक्षण गर्दा ५ जनामा भाइरस संक्रमण पुष्टि भएको जिल्ला कोभिड १९ व्यवस्थापन समितिका फोकलपर्सन तेज वलीले जानकारी दिनुभयो ।

संक्रमण पुष्टि भएकामध्ये बाँकेका ४ जना हुन् भने अरु सबै बाहिरी जिल्लाका हुन् । यस्तै पछिल्लो २४ घण्टामा एकजना डिस्चार्ज भएका छन् ।

  • १५ असार २०७८, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech