नेपालगन्जः अबदेखि सरकारी अस्पताल र स्वास्थ्य प्रतिष्ठानहरूमा मात्र कोरोना संक्रमितको उपचार निःशुल्क हुने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
मन्त्रालयका सह–प्रवक्ता डा समीर कुमार अधिकारीद्धारा जारी सूचनामा अबदेखि निजी अस्पतालमा उपचार गरेको सरकारले भुक्तानी नगर्ने भनिएको छ ।
मन्त्रालयले कोरोना संक्रमण दर घट्दै गएसँगै निजी अस्पतालहरूसँग गरेको उपचार सम्झौता तोडेको छ । असार १४ गते बसेको सचिवस्तरीय निर्णय गर्दै मन्त्रालयले अबदेखि निजी अस्पतालमा कोरोना संक्रमितको उपचार शुल्क सरकारले नव्यहोर्ने भएको हो ।