नेपालगन्जः कैलालीमा भोलिदेखि सबै प्रकारका पसल खुल्ने भएका छन् । जिल्ला कोभिड व्यवस्थापन समितिको निर्णय अनुसार भोलि बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म जिल्लामा सबै प्रकारका पसल खुल्ने छन् ।
जिल्लामा परिमार्जनसहित निषेधाज्ञा थप्ने निर्णय गरिएको समितिले जनाएको छ । १५ गते राति १२ बजेदेखि २२ गते राति १२ बजेसम्म निषेधाज्ञालाई निरन्तरता दिने निर्णय भएको प्रशासनका सूचना अधिकारी शिवराज जोशीले बताउनुभयो ।
यस्तै सार्वजनिक सवारी साधनमा जोरबिजोर प्रणाली लागु गर्ने निर्णय भएको जोशीले बताउनुभयो ।