भेरी अस्पतालमा थप दुई संक्रमितको मृत्यु

    • स्वास्थ्य पेज

  • १३ असार २०७८, आईतवार

तस्विरः फाइल

नेपालगन्जः कोरोना भाइरस संक्रमणबाट नेपालगन्जस्थित भेरी अस्पतालमा थप दुईजनाको मृत्यु भएको छ । डुङ्गेश्वर गाउँपालिका दैलेखका पुरुष र तुलसीपुर उपमहानगरपालिका दाङकी महिलाको मृत्यु भएको जिल्ला कोभिड–१९ व्यवस्थापन समिति बाँकेले जनाएको छ । जेठ २८ गते भाइरस संक्रमण पुष्टि भएका डुङ्गेश्वर गाउँपालिका–६ दैलेखका ७८ वर्षीय पुरुषको गएराती मृत्यु भएको हो । उनी २७ गते अस्पताल भर्ना भएका थिए ।

उनको राती साढे १२ बजे मृत्यु भएको हो । यस्तै जेठ २३ गते संक्रमण पुष्टि भएकी तुलसीपुर उपमहानगरपालिका–१७ दाङकी ६३ वर्षीया महिलाको पनि उपचारका क्रममा मृत्यु भएको छ ।

असार ११ गते भेरीमा भर्ना भएकी उनको आज विहान ११ बजे मृत्यु भएको समितिका फोकलपर्सन तेज वलीले जानकारी दिनुभयो । योसँगै उपचारका लागि बाँकेमा आएर मृत्यु हुने संक्रमितको संख्या ३ सय ५८ पुगेको छ ।

  • १३ असार २०७८, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech