भारतमा २४ घण्टामा थपिए ५० हजार नयाँ संक्रमित

    • स्वास्थ्य पेज

  • १३ असार २०७८, आईतवार

एजेनसीः भारतमा पछिल्लो २४ घण्टामा ५० हजार ४० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार सो अवधिमा १२ सय ४८ जनाको कोभिड–१९ का कारण ज्यान गएको छ।

हाल भारतमा सक्रिय संक्रमितको संख्या पाँच लाख ८६ हजार ४०३ रहेको र संक्रमण निको हुने दर ९६।७५ प्रतिशत पुगेको जनाइएको छ।

तीन करोड दुई लाख भन्दा बढि कुल संक्रमित पुगेको भारतमा हालसम्म कोभिड–१९ बाट तीन लाख ९५ हजार भन्दा धेरैको ज्यान गएको छ।

अहिलेसम्म ३२ करोड १७ लाख भन्दा धेरै व्यक्तिले कोरोना भाइरसविरुद्धको खोपको कम्तीमा एक मात्रा लगाएका छन्।

  • १३ असार २०७८, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई healthpage0@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech