काठमाडौं: पछिल्लो २४ घण्टामा देशभर २ हजार १६ जना कोरोना संक्रमित थपिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा ९ हजार ८१० जनाको पिसिआर र एन्टीजेट परीक्षण गर्दा २ हजार १६ जनामा कोराना पुष्टि भएको हो।
मन्त्रालयका अनुसार ४ हजार ७०४ जनाको पिसिआर परीक्षण गर्दा १ हजार १७४ र ४ हजार ८०६ जनाको एन्टीजेन परीक्षण गर्दा ८४२ जना संक्रमित पुष्टि भएका हुन्।
पछिल्लो २४ घण्टामा देशभर ३० जना संक्रमितको मृत्यु भएको छ। हालसम्म ८ हजार ९७५ जना संक्रमितको मृत्यु भएको छ।
२४ घण्टामा देशभर ४ हजार ९१४ जना संक्रमित निको भएका छन्। नेपाल संक्रमित निको हुने दर ९१ दशमलब ९ प्रतिशत रहेको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा हालसम्म ५ लाख ८१ हजार ३२७ जना संक्रमित निको भइसकेका छन्।