संक्रमणबाट निको हुने धेरै, शुक्रबार ५ हजार बढी डिस्चार्ज

    • स्वास्थ्य पेज

  • ११ असार २०७८, शुक्रबार

काठमाडौं: शुक्रबार देशभर थप २ हजार ४७६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ९ हजार ५८६ जनाको पीसीआर परीक्षण गर्दा १ हजार ७२१ जना र ४ हजार ७६५ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ७५५ जनामा कोभिड पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गएको २४ घण्टामा कोभिड संक्रमणबाट निको भएर ५ हजार ४५५ जना डिस्चार्ज भएका छन् । योसँगै नेपालमा हालसम्म कोभिड संक्रमणबाट निको हुनेहरुको कुल संख्या ५ लाख ७६ हजार ४१३ पुगेको छ ।

हाल संक्रमणबाट निको हुने दर ९१.३ प्रतिशत छ । संक्रमणकै कारण आज थप २७ जना संक्रमितको मृत्यु भएको छ । हालसम्म नेपालमा कोभिड संक्रमणकै कारण ८ हजार ९४५ जनाको मृत्यु भईसकेको छ ।

  • ११ असार २०७८, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech