नेपालगन्जः लागु औषध दुव्र्यसन विरुद्धको ३४ औं अन्तराष्ट्रिय दिवसका अवसरमा नेपालगन्जको जमूनाह नाकामा आज सचेतिकरण कार्यक्रमको आयोजना गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय बाँकेको अगुवाइमा जिल्ला प्रहरी कार्यालय, लाागु औषध व्यूरोलगायतको समन्वयमा नाकामा सचेतिकरण कार्यक्रम गरिएको हो ।
बाँकेका एसपी ओम रानाका अनुसार दुई देशका सुरक्षा अधिकारीको उपस्थितिमा कार्यक्रम गरिएको छ । खुला सीमानाकाका कारण नेपालीहरु छिमेकी देश भारतको रुपैडिया पुगेर लागु औषध प्रयोग गर्ने र कारोवारीहरुले पनि त्यही पुगेर लागु औषध लिएर आउने गरेका कारण नेपाालगन्ज लागु औषध कारोवारको लागि ट्रान्जिट प्वाइन्ट नै बनेको छ ।
कार्यक्रममा नेपाली सुरक्षा अधिकारीहरुले सीमावर्ती भारतीय सुरक्षा अधिकारीहरुलाई लागुऔषध नियन्त्रणका लागि सहयोगको आग्रह गरेका थिए । त्यसमा भारतीय पक्षले पनि सहयोगको प्रतिबद्धता जनाएको एसपी रानाले बताउनुभयो ।
कार्यक्रममा बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी शंकरबहादुर बिष्ट, सशस्त्र प्रहरीका एसपी अशोक कुमार बम, एसएसबी असिस्टेन्ट कमाण्डर शिव कुमार देव बर्मन, रुपैडिया थानाका इन्स्पेकटर अशोक कुमार सिंहलगायतको उपस्थिति रहेको थियो । लागु औषध विरुद्धको दिवस भोलि मनाइँदै छ ।