नेपालगन्जः बाँकेमा पछिल्लो २४ घण्टामा थप २० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । तीन वटा प्रयोगशालामा १ सय ३५ नमुना परीक्षण गर्द २० जनामा भाइरस संक्रमण पुष्टि भएको हो ।
भेरी अस्पतालमा ८० नमुना परीक्षण गर्दा १३, मेडिकल कलेज कोहलपुरमा ३५ नमुना परीक्षण गर्दा ३ र बागेश्वरी प्रयोगशालामा २० नमुना परीक्षण गर्दा ४ जनामा भाइरस संक्रमण पुष्टि भएको हो ।
संक्रमण पुष्टि भएकामध्ये बाँकेका ३ जनामात्रै हुन् । योसँगै बाँकेमा संक्रमितको कूल संख्या १७ हजार ४ सय २२ पुगेको छ । अरु बाहिरी जिल्लाका हुन् ।
अहिलेसम्म जिल्लामा ८३ हजार ४ सय ७९ नमुना परीक्षण भएको छ । पछिल्लो २४ घण्टामा १२ जना डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको संखया १७ हजार ४७ पुगेको छ ।