यस्ता छन् नेपालगन्ज मेडिकल कलेजका कर्मचारीको माग

    • स्वास्थ्य पेज

  • ९ असार २०७८, बुधबार

नेपालगन्जः नेपालगन्ज मेडिकल कलेज अन्तर्गत कोहलपुर र नेपालगञ्ज शिक्षण अस्पतालका स्वास्थ्यकर्मी र अन्य कर्मचारीले आज संयुक्त रुपमा कलेज व्यवस्थापन समक्ष ७ बुँदे माग पेश गरेका छन् । तलब, भत्ता तत्काल उपलब्ध गराउनु पर्नेदेखि बढाउनुपर्ने लगायतका माग ज्ञापनपत्रमा समेटिएको छ ।

लर्ड बुद्ध एजेकेशनल एकेडेमी लिमिटेड कर्मचारी संगठन, कर्मचारी संघ र नेपाल स्वास्थ्यकर्मी तथा कर्मचारी युनियनले संयुक्तरुपमा ज्ञापनपत्र बुझाएको हो ।

ज्ञापनपत्रमा स्थायी, अस्थायी र करारका कर्मचारीलाई तहगत रुपमा नेपाल सरकारले तोकेअनुसारको तलवभत्ताको व्यवस्था गरिनु पर्ने उल्लेख छ । पोषाक भत्ता ६ हजारबाट बढाएर १२ हजार पुर्याइनुपर्ने माग पनि ज्ञापनपत्रमा गरिएको छ ।

मागहरुप्रति बेवास्ता गरिए बाध्य भएर चर्को आन्दोलन गर्ने चेतावनी समेत उनीहरुले व्यवस्थापन पक्षलाई दिएका छन् ।

  • ९ असार २०७८, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech