नेपालमा २५० संक्रमित भेन्टिलेटरमा, लुम्बिनीमा १७ जना

    • स्वास्थ्य पेज

  • ७ असार २०७८, सोमबार

तस्बिर:फाइल

नेपालगन्जः नेपालमा कोरोना भाइरसबाट गम्भीर अवस्थामा २५० संक्रमितको भेन्टिलेटरमा उपचार भइरहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अहिले ८७१ संक्रमितको आईसीयूमा उपचार भइरहेको छ ।

पछिल्लो समय भेन्टिलेटर र आईसीयूमा उपचाररत संक्रमितको संख्या घट्दै जान थालेको छ । कतिपय अस्पतालमा बेड खाली हुन थालेको मन्त्रालयले बताएको छ ।

मन्त्रालयका अनुसार प्रदेश १ मा ४९, प्रदेश २ मा २, वाग्मती प्रदेशमा सबैभन्दा धेरै १५२ कोरोना संक्रमितको भेन्टिलेटरमा उपचाररत भइरहेको छ । गण्डकीमा १८, लुम्बिनीमा १७, कर्णालीमा ५ र सुदूरपश्चिममा ७ संक्रमित भेन्टिलेटरमा रहेका मन्त्रालयले जनाएको छ ।

आईसीयूमा सबैभन्दा धेरै वाग्मती प्रदेशमा ४८४ कोरोना संक्रमितले उपचार गराइरहेका छन् । प्रदेश १ मा १५२, प्रदेश २ मा ३७, गण्डकी प्रदेशमा ७७, लुम्बिनीमा ८१, कर्णालीमा १५ र सुदूरपश्चिम प्रदेशमा २५ संक्रमितले आईसीयूमा उपचार गराइरहेका छन्

मन्त्रालयको तथ्यांक अनुसार भेन्टिलेटर र आईसीयूमा उपचार गराउने संक्रमितको संख्या अघिल्लाा केही साताको तुलनामा घट्दै गएको छ ।

 

 

  • ७ असार २०७८, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech