भेरी घटनाः न्यायका लागि सर्वोच्चसम्म पुग्छौंः डा कर्ण

    • स्वास्थ्य पेज

  • ७ असार २०७८, सोमबार

नेपालगन्जः चिकित्सक संघ भेरीले पनि जिल्ला अदालतको आदेश चित्त बुझ्दो नभएको बताएको छ । अस्पताल जस्तो संवेदनशिल क्षेत्रमा ड्यटीमा खटिएका चिकित्सक र नर्समाथि आक्रमण गर्नेहरु धरौटी बुझाएर छाड्न दिने आदेश न्यायोचित नभएको संघले बताएको छ ।

संघका अध्यक्ष डा विनोद कर्णले सामाजिक सञ्जाल फेसबुकमा न्यायका लागि सर्वोच्चसम्म पुग्ने चेतावनी दिनुभएको छ ।

उहाँले लेख्नुभएको छ–‘हामी सम्पुर्ण स्वास्थ्यकर्मी सम्मानित अदालतको पुर्ण सम्मान गर्छौ तर आरोपीले थुनछेक बहसमा अदालतसामु आबेगमा आएर घटना घटाएको र आवेगमै आएर नै सामाजिक सन्जालमा धम्की दिएको कबूल गर्दागर्दै पनि धरौटीमा रिहाइको आदेशले सम्पुर्ण चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको मनोबल खसालेको छ । हामी आफ्नो मेडिकल इथिक्समा चट्टान झैँ अडिग छौं, हामी हाम्रो न्यायको लागि सर्बोच्च अदालत सम्म पुग्ने छौं ।’

  • ७ असार २०७८, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech