कोरोना खोप अभियानमा खटिएकी स्वास्थ्यकर्मी मृत फेला, हत्याको आशंका

    • स्वास्थ्य पेज

  • ६ असार २०७८, आईतवार

डडेल्धुराः डडेल्धुुरामा कोरोना खोप अभियानमा खटिनु भएकी स्वास्थ्यकर्मी अस्मितादेवी धामी मृत फेला परेको प्रहरीले जनाएको छ ।
परशुराम– ८ को जमरानी आधारभूत स्वास्थ्य इकाइ केन्द्रमा करारमा कार्यरत २६ वर्षीया अस्मितादेवी धामीको शनिबार परशुराम–९ को हट्यानी सामुदायिक वनमा शव फेला परेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रवक्ता एवं प्रहरी निरीक्षक राजेन्द्र चन्दले जानकारी दिनुभयो ।

भेरोसिल खोप अभियान सकाएर कार्यालयबाट कोरोनाको बचेका खोप र स्वास्थ्य सामग्री लिएर जोगबुडा अस्पताल निस्केकी उहाँ २ गतेदेखि वेपत्ता हुनु भएको थियो । ३ दिनसम्म पनि परिवारको सम्पर्कमा नआएपछि उहाँको ससुराले जिल्ला प्रहरी कार्यालयमा निवेदन दिनुभएको थियो । त्यसपछि स्थानिय र प्रहरीले खोजी गर्दा शनिबार वनमा उहाँको शव भेटिएको थियो ।

भ्याक्सिन क्यारियर बक्ससहित मानिस आवातजावत गर्ने बाटैमा उहाँको शव भेटिएको चन्दले जानकारी दिनुभयो । उहाँले धामीको शरीरमा नीलडाम रहेको, चिउँडोमा चोट लागेको अवस्थामा शव भेटिएको जानकारी दिदै घटनाबारे छानीवन भइरहेको बताउनुभयो ।
उहाँको हत्या भएको आंशका गरिएको छ । सहकर्मी हत्या भएकोभन्दै स्वास्थ्यकर्मीहरुले घटनाको छानबिन गरी दोषीमाथि कडा कारबाहीको माग गरेका छन् ।

  • ६ असार २०७८, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech