धनगढीः धनगढीमा टिप्परको ठक्करबाट कञ्चनपुरका आयुर्वेदिक चिकित्सकको निधन भएको छ ।
धनगढी उपमहानगरपलिका ३ बोराडाँडीमा शनिबार साँझ टिप्परले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार कञ्चनपुरको शुक्लाफाँटा १० झलारीस्थित एला आयुर्वेदिका सञ्चालक रामबहादुर साउँदको निधन भएको प्रहरीले जनाएको छ ।
अत्तरियाबाट धनगढी आइरहेको म १ ब ९६६८ नम्बरको टिप्परले से १ क ६८२ नम्बरको मोटरसाइकलमा सवार साउँदलाई ठक्कर दिँदा उहाँ घाइते हुनुभएको थियो ।
मायामेट्रो अस्पतालमा उपचारका क्रममा उहाँको निधन भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।