नेपालगन्जः सरकारले विदेश भ्रमणका लागि नेपालगन्ज मेडिकल कलेजको पीसीआर रिपोर्टलाई मान्यता दिने निर्णय गरेको छ । २२ नीजि अस्पतालको पीसीआर रिपोर्टलाई मान्यता दिनेक्रममा नेपालगन्ज मेडिकल कलेजको रिपोर्टलाई पनि मान्यता दिने निर्णय भएको हो।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबै सरकारी पीसीआर प्रयोगशाला र न्यूनतम एकसय बेड भएका अस्पतालमा आधारित रहेका वा ‘ए’ वर्गका नीजि प्रयोगशालाहरुले गरेको रिपोर्टलाई मान्यता दिने भनेको छ । नेपालगन्ज मेडिकल कलेज साढे पाँच सय बेडको छ ।
नेपालगन्ज मेडिकल कलेजले भाइरस संक्रमणको सुरुवात देखिनै कोभिड डेडिकेटेड अस्पताल संचालन गरेर पीसीआर परीक्षणसँगै उपचार गर्दै आएको छ ।
अस्पतालका सहनिर्देशक डा नितेशकुमार कनोडियाले आफ्नो अस्पतालको पीसीआर रिपोर्टलाई पनि विदेशमा मान्यता दिने सरकारको निर्णयले यस क्षेत्रका बैदेशिक रोजगारमा जाने नागरिकहरुका लागि ठूलो राहत पुगेको बताउनुभयो ।