संस्कृतिविद् सत्यमोहन जोशी अस्पतालबाट डिस्चार्ज

    • स्वास्थ्य पेज

  • ४ असार २०७८, शुक्रबार

काठमाडौं: संस्कृतिविद् सत्यमोहन जोशी अस्पतालबाट डिस्चार्ज हुनुभएको छ । स्वास्थ्यमा समस्या देखिएपछि उहाँलाई गत बुधबार ललितपुरको किष्ट अस्पतालमा भर्ना गरिएको थियो ।

शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै अस्पतालले जोशीको स्वास्थ्य अवस्था सामान्‍य भएकाले  चिकित्सकको सल्लाहमा डिस्चार्ज गरिएको जानकारी दिएको छ।

श्वासप्रवासमा समस्या, छातीको संक्रमण, मुटुको चालमा गडबढी तथा रक्तचाप कमी देखिएपछि जोशीलाई जेठ २६ गते किष्ट अस्पतालमा भर्ना गरिएको थियो। निमोनिया र छातीमा समस्या देखिएपछि पल्मोनोजोष्ट डा मिलेसजंग सिजापतिसहित कार्डिायोलोजिस्ट र क्रिटिकल केयर टिमले उहाँको उपचार गरेको थियो ।

डा मिलेशजंग सिजापतीका अनुसार जोशीलाई एक हप्तापछि फलोअपका लागि चिकित्सकको टोलीले सम्पर्क गर्नेछ। उहाँको कोभिड रिपोर्ट भने नेगेटिभ आएको थियो ।

अस्पतालले जारी गरेको विज्ञप्ति

  • ४ असार २०७८, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech