नेपालगन्जः बाँकेमा पछिल्लो २४ घण्टामा थप ३६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जिल्लाका तीनवटा प्रयोगशालामा १ सय २५ नमुना नमुना परीक्षण गरिएकोमा ३६ जनामा भाइरस संक्रमण पुष्टि भएको हो ।
भेरी अस्पताल प्रयोगशालमा ७२ नमुना परीक्षण गर्दा ३४ जना, मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरको प्रयोगशालामा ३८ नमुना परीक्षण गर्दा एक र बागेश्वरी ल्यावमा १५ वटा नमुना परीक्षण गर्दा एकजनामा भाइरस संक्रमण पुष्टि भएको हो । संक्रमण पुष्टि भएकामध्ये जिल्लाका एकजना महिलामात्रै भएको बताइएको छ ।
पछिल्लो २४ घण्टामा २७ जना डिस्चार्ज भएका छन् । यस्तै दुईजनाको मृत्यु भएको छ । मृत्यु हुने दुवैजना जिल्ला बाहिरका हुन् । हालसम्म बाँकेमा ८२ हजार ६ सय ४९ पीसीआर परीक्षण भएको जिल्ला कोभिड व्यवस्थापन समिति बाँकेले जनाएको छ ।