नेपाल फर्किनेलाई ६० हजार ५ सय मास्क

    • स्वास्थ्य पेज

  • ४ असार २०७८, शुक्रबार

तस्विरः फाइल

नेपालगन्जः नेपालगन्जको जमुनाह नाकामा भारतबाट फर्किने नेपालीहरुलाई ६० हजारबढी मास्क वितरण गरिएको छ । बैशाख २२ गतेदेखि असार ३ गतेसम्मको अवधिमा ६० हजार ५ सय पीस सर्जिकल मास्क वितरण गरिएको हो ।

सशस्त्र प्रहरी बल नम्बर ३० गण बागेश्वरी बाँकेको मातहत रहेको जमुनाह बिओपीबाट खटिएको सशस्त्र प्रहरीको टोलिले यो अवधिमा २ सय ७० लिटर सेनिटाइजर, कोभिड विरुद्धका १ हजार एक सय पीस सचेतिकरण पर्चा समेत वितरण गरिएको सशस्त्र प्रहरीका एसपी अशोक कुमार बमले जानकारी दिनुभयो ।

स्वास्थ्य मन्त्रालय युनिसेफ, आधार विकास नेपाल र नेपाल रेडक्रसको संयुक्त सहयोग र सहकार्यमा सशस्त्र प्रहरीले ८ सय एन्टिजेट किट, १० पीस गाउन, २७२ पीस ग्लोब्स र ४९ पीस फेसमाक्स पनि वितरण गरिएको छ ।

  • ४ असार २०७८, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech