कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पहिलो पटक घाँटीको मेरुदण्डको सफल शल्यक्रिया

    • स्वास्थ्य पेज

  • ४ असार २०७८, शुक्रबार

जुम्लाः जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, शिक्षण अस्पतालमा पहिलो पटक घाँटीको मेरुदण्डको सफल शल्यक्रिया गरिएको छ । तिला गाउँपालिका-७ का २० वर्षीय लोकबहादुर रोकायाको घाँटीको सफल शल्यक्रिया भएको शल्यक्रियामा संलग्न समेत रहनुभएका अस्पतालका सूचना अधिकारी डा रमेश भट्टराईले स्वास्थ्य पेजलाई जानकारी दिनुृभयो ।

९ दिन अघि २ तला घरको भ¥याङ्गबाट खस्दा रोकायको घाँटीमा गम्भिर चोट लागेको थियो । रोकाया आजै डिस्चार्ज भएको पनि डा भट्टराईले बताउनुभयो । पहिलो पटक प्रतिष्ठानका डाक्टरबाट यो खालको जटिल शल्यक्रिया गर्न सफल भएको पनि उहाँको भनाइ छ ।

प्रतिष्ठानका सहप्राध्यापक तथा हाडजोर्नी बिभाग प्रमुख डा पुजनकुमार रोकायाको नेतृत्वमा डा तुलाकृष्ण गुप्ता, डा रमेश भट्टराई, डा अर्जुन प्रसाद तिवारी, डा निराजन महासेठ लगायतको टोलीले रोकायाको सफल शल्यक्रिया गरेको हो ।

यसअघि कर्णालीवासी घाँटीको मेरुदण्डको जटिल शल्यक्रियाका लागि लाखौं खर्च गरेर काठमाडौं तथा भारतसम्म जान बाध्य भएका थिए ।

कोरोनाको दोस्रो लहर सुरु भएसँगै बैशाख २२ गतेदेखि हालसम्म प्रष्ठिानमा ३८ जना बिरामीको हाडजोर्नीको सफल शल्यक्रिया गरिएको छ । जसमध्ये ११ जना कालिकोट र २७ जना जुम्लाका बिरामी रहेको पनि डा भट्टराईले जानकारी दिनुभयो ।

  • ४ असार २०७८, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech