स्वास्थ्य कार्यालयलाई स्वास्थ्य सामाग्री सहयोग

    • स्वास्थ्य पेज

  • ३ असार २०७८, बिहीबार

प्यूठानः प्यूठानमा लामो समयदेखि क्षयरोग रोकथाम तथा नियन्त्रणको क्षेत्रमा काम गर्दै आएको विराट नेपाल मेडिकल ट्रस्ट (बिएनएमटि)ले मेडिकलजन्य स्वास्थ्य सामाग्री सहयोग गरेको छ।

कोरोना महामारीको आपतकालिन समयमा अग्रपंक्तिमा रहेर जिल्लाका विभिन्न स्वास्थ्य संस्थाहरुमा कार्यरत स्वास्थ्यकर्मीहरुको सुरक्षाको लागि करिब छ लाख बरावरको स्वास्थ्य सामग्री बिहीबार स्वास्थ्य कार्यालय प्युठानका निमित्त प्रमुख मधुसुदन खड्कालाई हस्तान्तरण गरिएको छ।

बिएनएमटि नेपाल प्युठानका कार्यक्रम संयोजक गोविन्द माझीले उक्त स्वास्थ्य सामग्री हस्तान्तरण गर्नुभएको हो । १ सय ७० सेट पिपिई , ७ सय थान एन ९५ मास्क, २ सय २५ बक्स सर्जिकल मास्क, ८ सय बोटल सेनिटाइजर , १ सय सेट हाइजिन किट, ६० बक्स ग्लोब्स , ५ सय पिस फेस सिल्ड,१ सय थान हेड कभर र १ सय थान सु कभर प्रदान गरेको जानकारी दिनुभयो ।

कार्यालय प्युठानका निमित्त प्रमुख खड्काले बएनएमटिलाई धन्यावाद दिँदै यो सहयोगले स्वास्थ्यकर्मीको सुरक्षा प्रदान गर्न र काम गर्न सहज हुने विश्वास लिएको बताउनुभयो ।

 

  • ३ असार २०७८, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई healthpage0@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech